समता लघुवित्तको हकप्रद शेयर बाँडफाँड

  २०७६ पौष २ गते १:१३       विकासन्युज

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर मंसिर ३० गते बाँडफाँड गरेको छ । संस्थाले गत असोज २७ गतेदेखि मंसिर १ गतेसम्म जारी गरेको सो मात्राको शेयर बाँडफाँड गरेको हो ।

संस्थाले भदौ ३१ गतेसम्म कायम रहेका शेयरधनीलाई एक बराबर दुईको अनुपातमा प्रतिशेयर मूल्य १०० रुपैयाँ अंकित दरको १२ लाख १३ हजार ४४० कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये रितपूर्वक आवेदन दिने ५ हजार ४३३ जना शेयरधनीलाई १० लाख ५१ हजार ३८० कित्ता शेयर बाँडफाँड गरेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । बाँकी एक लाख ६२ हजार ६० कित्ता शेयर लिलामीबाट बिक्री गर्ने कम्पनीले जनाएको छ ।

साथै, संस्थाले बाँडफाँडमा नपरेको हकप्रद शेयर बापतको रकम पुस ३ गतेदेखि फिर्ता गर्ने बताएको छ । ६ करोड ६ लाख रुपैयाँ रहेको यस संस्थाको चुक्ता पुँजी हकप्रद शेयर बाँडफाँडपछि १८ करोड २० लाख रुपैयाँ पुगेको छ ।