सिन्धु विकास बैंकले १२ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ५५ करोड नाघ्ने

  २०७६ पौष १ गते ४:०९       विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १२.०९ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले ११.५१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७५ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै शेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । ११.५१ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ५५ करोड ७५ लाख रुपैयाँ पुग्ने छ ।