दुई संस्थाको १२ लाख कित्ता हकप्रद शेयर सूचीकृत

  २०७६ मार्ग ३० गते १२:५९       विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई संस्थाको हकप्रद शेयर सूचीकृत भएको छ । बेष्ट फाइनान्स कम्पनी र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको गरी कूल ११ लाख ९९ हजार ८६० कित्ता शेयर नेप्सेमा थपिएको छ ।

जसमध्ये बेष्ट फाइनान्सको कूल एक लाख ८८ हजार ९८० कित्ता र वोमी माइक्रोफाइनान्सको १० लाख १० हजार ८८० कित्ता हकप्रद शेयर नेप्सेमा थपिएको हो ।