२०७६ मार्ग २५ गते १२:५८ विकासन्युज
काठमाडौं । बुधबार सोल्टी होटलको शेयर मूल्य समायोजन भएको छ । होटलको १५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १८७.८३ रुपैयाँ रहेको छ ।
हाल होटलको चुक्ता पुँजी ८४ करोड २५ लाख रुपैयाँ रहेको छ । ताहाचलमा रहेको यस होटलको हालसम्म ८ करोड ४२ लाख कित्ता शेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.