कैलाश विकास बैंकले १८ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी दुई अर्ब ९२ करोड नाघ्ने

  २०७६ मार्ग ९ गते ५:५९       विकासन्युज

काठमाडौं । कैलाश विकास बैंकले शेयरधनीहरुलाई १८.७७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

विकास बैंक संचालक समितिको बैठकले चुक्ता पुँजीको १६ प्रतिशत बोनस र कर प्रयोजनको लागि समेत २.७७ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैकबाट स्वीकृति भई आगामी २६औं बार्षिक साधारण सभाबाट पारित भए पछि शेयरधनीहरुलाई वितरण गरिने छ ।

हाल विकास बैंकको चुक्ता पुँजी दुई अर्ब ५२ करोड रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनस सेयर पश्चात विकास बैंकको चुक्ता पुँजी दुई अर्ब ९२ करोड रुपैयाँ नाघ्ने छ ।