साना किसान विकास लघुवित्तले २८ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी एक अर्ब नाघ्ने

  २०७६ मार्ग ८ गते २:४५       विकासन्युज

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २८.६८ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २७.२५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.४३४ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

संचालक समितिको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी ७८ करोड ६० लाख रुपैयाँ रहेको छ । २७.२५ प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।