एनएमबि बैंकसहित दुई कम्पनीको करोडौको कारोबार, यी कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

  २०७६ कार्तिक २८ गते ३:२५       विकासन्युज

काठमाडौं । बिहीबारको बजारमा १६३ कम्पनीको २२ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये तीन कम्पनीको करोडौंको सेयर किनबेच भएको छ ।

जसमध्ये पनि सबैभन्दा बढी एनएमबि बैंकको सेयर कारोबार भएको छ । बैंकको ४ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल बैंकको एक करोड ३३ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् । यी दुबै कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता क्रमशः ३८० र ३१२ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यसैगरी, हिमालयन डिष्टिलरीको एक करोड ३१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार संस्थाको सेयर मूल्य प्रतिकित्ता १७९३ रुपैयाँ रहेको छ ।

सो दिनको नेप्से परिसूचक झिनो अंकले उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा ०.७९ अंकले बढेर ११३५.९५ अंकमा पुगेको छ ।

बजारमा दुई कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी साल्ट ट्रेडिङ् कर्पोरेसनका लगानीकर्ताले ९.९१ प्रतिशत कमाएका छन् । सो दिन संस्थाको सेयर मूल्य ८५ रुपैयाँले बढेर प्रतिकित्ता ९४३ रुपैयाँ पुगेको छ । त्यस्तै, पाँचथर पावर कम्पनीको सेयर मूल्य ९.६८ प्रतिशतले बढेको छ ।