आइतबारको सेयर कारोबार २८ करोडमा सीमित

  २०७६ कार्तिक २४ गते ३:२७       विकासन्युज

काठमाडौं । आइतबारको बजारमा २८ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कूल १६२ कम्पनीको ९ लाख ९३ हजार ०८१ कित्ता सेयर किनबेच भएको छ ।

सो मध्ये एनएमबि बैंकको सबैभन्दा बढी ५ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, प्रभु बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक र एनआईसी एशिया बैंकको करोडौं बढीको सेयर किनबेच भएको छ ।

आइतबारको नेप्से परिसूचक ०.५६ अंकले घटेर ११३१.४२ मा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.८० अंकले बढेर २४९.१२ अंकमा पुगेको छ ।

बजारमा उत्पादनमूलक समूह ९.६७, अन्य समूह ६.२१, माइक्रोफाइनान्स ४.४१ र फाइनान्स समूह ०.६८ अंकले उकालो लागेको छ । जीवन बीमा समूह सबैभन्दा बढी ३५.९४ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल समूह १५.०१ र निजीवन बीमा १०.६७ अंकले घटेका छन् भने बाँकी समूह सामान्य अंकले ओरालो लागेका छन् ।