नेप्से ८ अंकले बढ्दा युनिलिभरका लगानीकर्ताले कमाए १० प्रतिशत

  २०७६ असोज १६ गते ३:३५       विकासन्युज

काठमाडौ । विजया दशमी अघि सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । नेप्से परिसूचक ८.६९ अंकले बढेकोे हो । ०.७६ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११४९.४० बिन्दुमा पुगेको हो ।

बिहीबार सेयर बजारमा १ सय ५३ कम्पनीले कारोबार गरेका छन् । ६ लाख ४७ हजार ५ सय ६२ कित्ता सेयर खरिद बिक्री हुँदा १७ करोड ६६ लाख ३३ हजार ५सय १४ रुपैयाँको कारोबार भएको हो ।

बैक समूह ६.१५, होटल समूह २२.४६, विकास बैक समूह १३.०४, जलविद्युत समूह ७.६८, निर्जीवन बीमा समूह ३९.८, उत्पादनमूलक समूह ८३.१५, अन्य समूह १.२९, माइक्रोफाइनान्स समूह १२.२४, जीवन बीमा समूह ४९.५१ अंकले बढेका छन् ।

यस्तै, वित्तीय समूह ३.२८ अंकले घटेका छन् । युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले १० प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, युनाइटेड फाइनान्स लिमिटेडका लगानीकर्ताहरुले ९.३१ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।