सिद्धार्थ बैंकको वार्षिक साधारणसभा कात्तिक ७ गते, बुक क्लोज कहिले ?

  २०७६ असोज १६ गते १:५२       विकासन्युज

काठमाडौँ । सिद्धार्थ बैंकको १८औं वार्षिक साधारण सभा(एजीएम) कात्तिक ७ गते हुने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले बिहान ११ बजे आर्मी अफिसर्स क्लब भद्रकालीमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभा प्रयोजनका लागि असोज २९ गते(एक दिन) बैंककाे सेयर दाखिल खारेज बन्द(बुक क्लोज) हुने भएकाे छ ।

उक्त सभाले सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि १५.२६ प्रतिशत नगद लाभांश दिने बैठकको प्रस्तावलाई पारित गर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ९ अर्ब ७७ करोड रुपैयाँ पुग्ने छ ।

बैंकको सो मात्रामा लाभांश दिने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । साभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।