नेशनल माइक्रोफाइनान्सद्वारा ८० प्रतिशत लाभांश दिने घोषणा

  २०७६ असोज २ गते १२:०५       विकासन्युज


काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीहरुलाई ८० प्रतिशत लाभांश दिने भएको छ ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले आव २०७५/७६ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश गरी कूल ८० प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गरिने प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव रामबहादुर यादवले जनाएका छन् ।

संस्थाको हाल कायम चुक्ता पूँजी १५ करोड ८ लाख ८३ हजार रुपैँया रहेको छ ।