सबैको लघुवित्तले ५ करोड ३० लाख रूपैयाँको आइपीओ जारी गर्ने, बोर्डबाट पायो अनुमति

  २०७६ आषाढ़ १६ गते १०:०८       विकासन्युज

काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ करोड ३० लाख रूपैयाँ बराबरको साधारण सेयर(आइपीओ) निष्काशन गर्ने भएको छ । आइपीओ निष्काशनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले एक सय रूपैयाँ अंकित दरका ५ लाख ३० हजार कित्ता आईपिओ बिक्री गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको एनआइबीएल एस क्यापिटले जनाएको छ ।

तनहुँको बन्दीपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले दोस्रो वार्षिक साधारण सभाबाट आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेको जनाइएको छ ।