नेप्से परिसूचक र कारोबार दुबै घट्यो, होटल बन्द गर्ने तारागाउँको सबैभन्दा बढी कारोबार

  २०७६ आषाढ़ ३ गते ३:१५       विकासन्युज

काठमाडौँ । साताको पहिलो दिन दोहोरो अंकले घटेरको शेयर बजारमा दोश्रो दिन झिनो सुधार देखिएपनि पुनः तेश्रो दिन घटेको छ ।
आज तेश्रो दिन नेप्से परिसूचक २.२३ अंकले घटेको हो । आज १७७ कम्पनीका १२ लाख २६ हजार ६ सय ८६ कित्ता शेयर किनबेच हुँदा ३५ करोड ९४ लाख ११ हजार ३ सय ५ रुपैयाँको कारोबार भएको छ ।

आज बैंकिङ, विकास बैंक र लघुवित्त समूहमा हरियाली छाएपनि बाँकी सबै समूह राताम्मे भए । बैंकिङ समूह ०.४४, विकास बैंक समूह १.४६ र लघुवित्त समूह ४.८५ अंकले बढेका छन् । त्यसैगरी, होटल समूह १३.८६, जलविद्युत समूह १.४, वित्त समूह २.१३, निर्जीवन बीमा समूह २८.३५, उत्पादनमूलक समूह २१.६, अन्य समूह ५.४४, जीवन बीमा समूह ५०.४१ र म्याचुअल फण्ड ०.०७ अंकले घटेका हुन् ।

यता, मजदुरको आन्दोलनका कारण बन्द भएको तारागाउँ रिजेन्सी होटल लिमिटेडको सबैभन्दा बढी ४ करोड, २४ लाख ५६ हजार ५ सय ३० रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बढी कारोबार हुनेमा दोश्रोमा देखिएको एनआइसी एसिया बैैंक लिमिटेडको २ करोड १ लाख ४१ हजार ४ सय २५ रुपैयाँको शेयर कारोबार भएको छ । पहिलो र दोश्रो दिन दोश्रो स्थानमा रहेको शिवम् सिमेन्ट आज तेश्रो स्थानमा झरेको छ । शिवम्को आज १ करोड ९४ लाख ८२ हजार २ सय १५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजार घटेको दिन आज गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ६.९४ प्रतिशत नाफा कमाएका छन् भने समता माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ५.३८ प्रतिशत घाटा व्यहोरेका छन् ।