एभरेष्ट इन्स्योरेन्स र नाडेप लघुवित्तको मूल्य समायोजन

  २०७६ वैशाख ९ गते १:०६       विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । सोमबार एभरेष्ट इन्स्योरेन्स कम्पनीको र नाडेप लघुवित्त वित्तीय संस्थाको क्रमशः हकप्रद र बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।

एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२२.५० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८३७.६६ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, नाडेप लघुवित्तको १५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ५३२.१७ रुपैयाँ रहेको छ । संस्थाको आधार मूल्य प्रतिकित्ता ४७२.६४ रुपैयाँ तोकिएको छ ।