सेयर बजारमा उछालः नेप्से ३१ अंकले बढ्दा कारोबार रकमले एक अर्ब नाघ्यो

  २०२६ पौष १७ गते ५:३०       विकासन्युज

काठमाडौं । साताको पहिलो कारोबारमा सेयर बजारमा उछाल देखिएको छ । आइतबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा उच्च वृद्धि भएको छ ।

सो दिन नेप्से परिसूचक ३१.८९ अंकले बढेर १२६४.२० अंकमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.५९ प्रतिशत बढी हो । गत बिहीबार नेप्से परिसूचक १२३२ अंकमा पुगेर बजार बन्द भएको थियो ।

त्यस्तै, आइतबार कुल १७१ कम्पनीको एक अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन बिहीबारको तुलनामा २६ करोड ९२ लाख रुपैयाँ बढी हो । गत बिहीबार कुल १६५ कम्पनीको ७५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी नेपाल बैंकको १४ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै कारोबारमा आएका दुई समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । निर्जीवन बीमा र उत्पादनमूलक समूह क्रमशः ७.२२ र ११.९२ अंकले ओरालो लागेका छन् ।