Latest News

२०७६ मार्ग १५ गते १:४७

काठमाडौं । सिभिल बैंकको आगामी मंसिर २३ गतेदेखि बुक क्लोज हुँदै छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि साधारणसभा सम्पन्न नभएसम्म बुक क्लोज गर्न लागेको हो । बैंकको आगामी वार्षिक साधारणसभा पुस ६ गते हुँदै छ । बैंकको उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको डिल्लीबजार स्थित अमृतभोगमा बस्न लागेको हो । ...

२०७६ ज्येष्ठ २६ गते ६:०८

काठमाडौं । कमलपोखरीमा केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैंकले लगनखेल स्थित केन्द्रीय कार्यालय रहेको “ग” वर्गको वित्तीय संस्था ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति(एक्विजिसन) गर्ने भएको छ । सो सम्बन्धी दुई संस्थाबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । सो सहमतिपत्रमा प्राइमका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ललितपुर फाइनान्सका तर्फबाट सञ्चालक समितिका अध्यक्ष दिपक महर्जनले एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । कन्काई विकास बैंक तथा ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ९२ हुनेछ । साथै, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको मार्ग निर्देशन बमोजिम एक्विजिसन कार्यलाई छिटो सम्पन्न गर्ने प्राइमले जनाएको छ । ...

२०७६ ज्येष्ठ ९ गते ४:४२

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले जेठ १० गते (शुक्रबार)देखि दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरको २० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । सो मध्ये ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने छ भने बाँकी १२ लाख कित्ता(प्राइभेट प्लेसमेन्ट)बाट संस्थागत/व्यक्तिहरुलाई बिक्री गरिने कम्पनीले जनाएको छ । ऋणपत्र किन्न चाहने इच्छुकले जेठ १० गतेदेखि छिटोमा जेठ १४ गतेसम्म र ढिलोमा असार ८ गतेसम्म खरिद गर्न सक्ने छन् । केयर रेटिङ नेपालले उक्त ऋणपत्रलाई न्युन कर्जा जोखिम जनाउने “इक्रा एनपी ए एलबीबी प्लस” रेटिङ्ग प्रदान गरेको छ ।बैंकले १० वर्ष अवधि भुक्तानी भएको यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत व्याज पाइने छ । साथै, यस ऋणपत्र नेप्सेमा सूचीकृत हुनुका साथै विभिन्न बैंक तथा वित्ती संस्थाहरुबाट धितो र...

२०७६ ज्येष्ठ ७ गते ७:१९

काठमाडौं । लक्ष्मी बैंकको संस्थापक(प्रमोटर) सेयर साधारणमा परिणत भएको छ । बैंकको कुल ९ लाख ५ हजार ५१२ कित्ता प्रमोटर सेयर साधारण सेयरमा परिवर्तन भएको हो । २०७६ जेठ २ गतेको निर्णय अनुसार उक्त सेयर मंगलबार(जेठ ७ गते) सर्वसाधारण समूहमा परिणत भई मंगलबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । सो मात्राको सेयर अब सर्वसाधारण समूह अन्तर्गत दोश्रो बजारमा कारोबार हुनेछ । बैंकको संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर रहने गरी सर्वसाधारण समूहमा सो मात्राको सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । नेपाल धितोपत्र बोर्ड तथा नेपाल राष्ट्र बैंकले सेयर स्वामित्व संरचना परिर्वतन गर्न स्वीकृति र कम्पनी रजिष्ट्रारको नियमावलीमा संशोधन भए अनुसार प्रमोटर र सर्वसाधारणको सेयर संरचना गरिएको बैंकले जनाएको छ । ...

२०७६ ज्येष्ठ १ गते १:४४

काठमाडौं । प्राइम कमर्शियल बैंकको आगामी जेठ ९ गतेदेखि १८ दिन बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि आगामी जेठ २६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । बैंक आगामी जेठ २३ गते आफ्नो ११औँ वार्षिक साधारणसभा बस्दै छ । उक्त सभा सो दिन बिहान १० बजे कमलादीस्थित नेपाल एकेडेमीमा बस्ने भएको छ । ...

२०७६ वैशाख २७ गते ३:२९

काठमाडौँ । सिभिल बैंक लिमिटेडको प्रस्तावित १४.३ प्रतिशत लाभांश पारित भएकाे छ । शुक्रबार सम्पन्न बैंककाे  सातौं र आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई १०.२५ प्रतिशत बोनस र ४.०५ प्रतिशत नगद गरी साे मात्राकाे लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेकाे हाे । आर्थिक वर्ष २०७३/०७४ को नाफाबाट बैंकको चुक्ता पूँजीको १०.२५ प्रतिशतका दरले हुन आउने ७४ करोड ४० लाख रूपैयाँ बराबरको बोनस  वितरण गर्ने छ । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ रहेको छ । १०.२५ प्रतिशत बोनस सेयर पछि कम्पनीको चुक्ता पुँजी बढेर ८ अर्ब रुपैयाँ नाघ्ने छ । त्यस्तै, कम्पनीले कर प्रयोजनको लागि ०.५४ प्रतिशतका दरले हुन आउने ३ करोड ९१ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । साथै, साधारण सभाले बैंकको संस्थापक शेयरधनीहरुको तर्फबाट इच्छाराज तामाङ्ग, अम्बीर बोगटी, प्रतापजङ...

२०७६ वैशाख २७ गते १:१७

काठमाडौं । नेपाल एसबिआई बैंकको कूल ४० लाख २३ हजार ४५२ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बैंकको शुक्रबार मात्रै सो मात्राको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । केन्द्रिय कार्यालय हात्तिसारमा रहेको यस बैंकको हालसम्म ८ करोड ४ लाख ६९ हजार ५३ कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको थियो । ...

२०७५ फाल्गुन २७ गते १:००

काठमाडौं । नबिल बैंक लिमिटेडको प्रस्तावित ३४ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न कम्पनीको ३४औँ वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले आर्थिक वर्ष(आव) २०७४/७५ को मुनाफाबाट सेयरधनीलाई २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर गरी सो मात्राको लाभांश वितरण गर्ने भएको छ । बैंकले आव २०७४/७५ मा ३ अर्ब ९८ करोड रुपैयाँ हासिल गरेको थियो । बैंकले प्रतिसेयर आम्दानी ५०.२५ रुपैयाँ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै १ खर्ब ६१ अर्ब पुर्याएको छ । हाल बैंकको संचालन मुनाफा ५ अर्ब ६५ करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ७.५२ र ७.५५ ले वृद्धि भएको कम्पनीले जनाएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयर पश्चात बैंकको पुँजी ९ अर्ब १ करोड ...