लक्ष्मी बैंकको ९ लाख कित्ता संस्थापक सेयर साधारणमा परिणत, आजै नेप्सेमा सूचिकृत

  २०७६ ज्येष्ठ ७ गते ७:१९       विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकको संस्थापक(प्रमोटर) सेयर साधारणमा परिणत भएको छ । बैंकको कुल ९ लाख ५ हजार ५१२ कित्ता प्रमोटर सेयर साधारण सेयरमा परिवर्तन भएको हो ।

२०७६ जेठ २ गतेको निर्णय अनुसार उक्त सेयर मंगलबार(जेठ ७ गते) सर्वसाधारण समूहमा परिणत भई मंगलबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । सो मात्राको सेयर अब सर्वसाधारण समूह अन्तर्गत दोश्रो बजारमा कारोबार हुनेछ ।

बैंकको संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर रहने गरी सर्वसाधारण समूहमा सो मात्राको सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।

नेपाल धितोपत्र बोर्ड तथा नेपाल राष्ट्र बैंकले सेयर स्वामित्व संरचना परिर्वतन गर्न स्वीकृति र कम्पनी रजिष्ट्रारको नियमावलीमा संशोधन भए अनुसार प्रमोटर र सर्वसाधारणको सेयर संरचना गरिएको बैंकले जनाएको छ ।