प्राइम बैंकले ललितपुर फाइनान्सलाई एक्वायर गर्ने, शाखा संख्या ९२ पुग्यो

  २०७६ ज्येष्ठ २६ गते ६:०८       विकासन्युज

काठमाडौं । कमलपोखरीमा केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैंकले लगनखेल स्थित केन्द्रीय कार्यालय रहेको “ग” वर्गको वित्तीय संस्था ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति(एक्विजिसन) गर्ने भएको छ । सो सम्बन्धी दुई संस्थाबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सो सहमतिपत्रमा प्राइमका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ललितपुर फाइनान्सका तर्फबाट सञ्चालक समितिका अध्यक्ष दिपक महर्जनले एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

कन्काई विकास बैंक तथा ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ९२ हुनेछ ।

साथै, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको मार्ग निर्देशन बमोजिम एक्विजिसन कार्यलाई छिटो सम्पन्न गर्ने प्राइमले जनाएको छ ।