बोनसपछि लुम्बिनी विकास बैंकको शेयर मूल्य समायोजन, घटेर १८० मा कारोबार हुँदै

  २०७६ पौष २३ गते १२:५४       विकासन्युज

काठमाडौं । बुधबार लुम्बिनी विकास बैंकको शेयर मूल्य समयाोजन भएको छ । विकास बैंकको ५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन पश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता १९४.२९ रुपैयाँ तोकिएको छ । समायोजन पछिको बुधबारको कारोबारमा संस्थाको शेयर मूल्य घटेर प्रतिकित्ता १८० रुपैयाँ पुगेको छ । करिब पौने दुई घण्टाको कारोबारमा संस्थाको शेयर मूल्य अघिल्लो दिनको तुलनामा ७.३५ प्रतिशतले घटिसकेको छ ।