यूनियन हाइड्रोको ७५ लाख आईपीओ सूचिकृत, भोलिदेखि सेयर कारोबार शुरु

  २०७६ ज्येष्ठ २८ गते २:२५       विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा यूनियन हाइड्रोपावर लिमिटेडको कूल ७५ लाख कित्ता साधारण सेयर(आईपीओ) सूचिकृत भएको छ । हाइड्रोको मंगलबार मात्रै सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो ।

आज सूचिकृत भएको संस्थाको सेयर भोलिदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने व्यवस्था रहेको छ । त्यही अनुसार हाइड्रोको पनि अब भोलिदेखि नेप्सेमा सेयर कारोबार शुरु हुने भएको छ ।