काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले २०७४को असार मसान्तको चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।
गत मसान्तमा कम्पनीको चुक्ता पुँजी ३८ करोड ५२ लाख रुपैयाँ रहेको थियो । उक्त पुँजीमा कम्पनीले १५ प्रतिशतका दरले ५ करोड ७७ लाख ८० हजार रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको कम्पनीले जनाएको छ ।
उक्त निर्णय मंसिर ५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निर्णयलाई कम्पनीको आगामी २४औँ वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।