काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री, सभामुख, मन्त्रीहरू, उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा-१ निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् भने पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित सांसद हुन् ।
दुवैका लागि यो मन्त्रिपरिषद्मा दोस्रो पटकको जिम्मेवारी हो । गुरुङ यसअघि पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। त्यस्तै, पुनले विगतमा पनि सरकारमा रहेर शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको नेतृत्व गरिसकेका छन् ।