जीतपुरफेदीका सरोज अर्याल सगरमाथाको शिखरमा

काठमाडौं । तारकेश्वर नगरपालिका–३ जीतपुरफेदीका सरोज अर्यालले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

३१ वर्षीय अर्याल हाल अष्ट्रेलियाको दक्षिण अष्ट्रेलिया राज्यस्थित एडिलेडमा विद्यार्थी भिसामा बसोबास गर्दै आएका छन् । करिब ६ वर्षदेखि अष्ट्रेलियामा रहेका उनी सगरमाथा आरोहणकै लक्ष्यसहित बिदामा नेपाल आएका थिए ।

कठोर प्रशिक्षण र शारीरिक तथा मानसिक चुनौती पार गर्दै उनले सगरमाथाको चुचुरोमा पुग्न सफलता हासिल गरेका हुन्।  उनको यो उपलब्धिलाई स्थानीय तथा प्रवासी नेपाली समुदायले गर्वका रूपमा लिएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अष्ट्रेलिया लगायत अष्ट्रेलियामा रहेका नेपालीहरूले अर्यालको सफलताको प्रशंसा गरेका छन् । केही दिनमै अष्ट्रेलिया फर्कने तयारीमा रहेका अर्यालका लागि यो सफलता जीवनकै महत्वपूर्ण उपलब्धिका रूपमा रहेको छ । 

Share News