काठमाडौं । विभिन्न ६ कम्पनीले लाभांश घोषणा गरेका छन् । शिवम होल्डिङ्ग्स, सनलाइफ क्यापिटल, नेशनल फण्ड म्यानेजमेन्ट, नबिल स्टक डिलर, हिमालयन ब्रोक्रेज र सुन्धारा सेक्युरिटिजले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका हुन् ।
शिवम होल्डिङ्ग्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशतका दरले ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज ३१ गते बिहान ११ बजे काठमाडौंमा चौथो वार्षिक साधारण सभा डाकेको छ ।
सनलाइफ क्यापिटलले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ९ प्रतिशतका दरले २ करोड १४ लाख २० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २९ गते बिहान ९ बजे काठमाडौंमा चौथो वार्षिक साधारण सभा डाकेको छ ।
नेशनल फण्ड म्यानेजमेन्टले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ८१ करोड रुपैयाँको ४ प्रतिशतका दरले ३ करोड २४ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतका दरले १७ लाख ५ हजार रुपैयाँ नगद गरी कुल ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज ३० गते बेलुका ५ बजे काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा डाकेको छ ।
कम्पनीको सभाले २० प्रतिशत आईपीओ जारी गर्ने, ५० रुपैयाँ अंकित मूल्यलाई १ सय रुपैयाँ कायम गर्ने लगायत प्रस्ताव पारित गर्नेछ ।
नबिल स्टक डिलरले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज ३१ गते बिहान ११ बजे काठमाडौंमा चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।
हिमालयन ब्रोक्रेज कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २९ गते दिउँसो ३ बजे काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले हकप्रद सेयर निष्काशन र मर्जर प्रस्ताव पनि पारित गर्नेछ ।
सुन्धारा सेक्युरिटिजले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २९ गते बेलुका साढे ५ बजे काठमाडौंमा १८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।