बिहीबारदेखि सेयर कारोबार हुने

काठमाडौं । बिहीबारदेखि सेयर कारोबार हुने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को निर्देशन बमोजिम असोज २ गते बिहीबारदेखि सेयर कारोबार हुने नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । 

उनका अनुसार धितोपत्र बोर्डको निर्देशनअनुसार असोज २ गते बिहीबारदेखि धितोपत्रको दोस्रो बजार कारोबार साबिक बमोजिम सुचारु हुनेछ । 

जेनजी आन्दोलनका कारण लगानीकर्ताहरुको माग बमोजिम सेयर कारोबार स्थगित गरिएको थियो । 

Share News