काठमाडौं । अर्को साता सेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विज्ञप्ति जारी गर्दै सेयर कारोबार नहुने जनाएको हो ।
आगामी आइतबारदेखि बिहीबारसम्म कारोबार नहुने भएको हो ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० उपदफा (१) खण्ड (घ) बमोजिम नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भए अनुसार नेप्सेले कारोबार नगर्ने भएको हो ।
