आज र भोली सेयर कारोबार नहुने

काठमाडौं । २ दिन सेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक सूचना जारी गर्दै आज र भोली सेयर कारोबार नहुने जनाएको छ । 

हालको विषम परिस्थिति एवम् कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट समेत कारोबार स्थगन गर्न अनुरोध भई आएकोले भदौ २५ र २६ गते दुई दिन सेयर कारोबार स्थगन गरिएको प्रवक्ता मुराहरी पराजुलीले बताए । 

सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार दुई दिनको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको उनको भनाइ छ ।

Share News