काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ अंकले घटेर २७२६ बिन्दुमा झरेको छ ।
आज ३९ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको सेयर मूल्य घटेको छ ।
बुधबार ३२६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार युनियन हाइड्रोपावरको भएको छ । य्नियनको ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, लिर्बटी फाइनान्सको २७ करोड, नेपाल रिइन्स्योरेन्सको २६ करोड, हिमालयन रिइन्स्योरेन्सको २४ र पञ्चकन्या माइ हाइड्रोको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।