काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको संस्थापक तथा कर्मचारीहरूलाई बाँडफाँट गरिएको सेयरहरूको लक इन अवधि समाप्त हुने भएको छ । २०८२ भदौ १९ गतेदेखि लघुवित्तका संस्थापक तथा कर्मचारीहरूको स्वामित्वमा रहेको सेयरको लक इनको समयावधि सकिने लघुवित्तले जनाएको छ ।
लघुवित्तले विसं २०७९ भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारण (कर्मचारीहरू समेत) मा सेयर निष्काशन तथा बिक्री खुल्ला गरी विसं २०७९ भदौ २० गते सेयर बाँडफाँट गरेको थियो । नेपाल धितोपत्र बोर्डले साधारण सेयर सार्वजनिक निष्काशन गरी बाँडफाँट गरिएको मितिदेखि ३ वर्षसम्म कर्मचारीहरूलाई बाँडफाँट गरिएको सेयर र संस्थापक सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।
सोही बमोजिम लघुवित्तको संस्थापक र कर्मचारीहरूको सेयरको लकइन अवधि सकिन लागेको हो । लघुवित्तका अनुसार संस्थापकतर्फ २० लाख १ हजार कित्ता र कर्मचारीको १ हजार ५ सय कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो । तर, राष्ट्र बैंकको व्यवस्था बमोजिम संस्थापक सेयर कारोबार भने सर्वसाधारणमा भने सेयर
हुने छैन ।