हिमालयन ८०–२० योजनाले १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । हिमालयन क्यापिटल योजना व्यवस्थापक रहेको हिमालयन म्युचुअल फण्ड अन्तर्गतको प्रथम बन्दमुखी सामूहिक लगानी कोष 'हिमालयन ८०–२०' ले आर्थिक वर्ष २०८१/८२ का लागि १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

भदौ १३ गते क्यापिटलको ७४औं सञ्चालक समितिको बैठकले योजनाका इकाईधनीहरूलाई करसहित १६.१६ प्रतिशत दरको रु १६ करोड १६ लाख नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

योजनाले यसपटक प्रदान गर्ने लाभांश प्रक्षेपण भन्दा ६ प्रतिशत बढी र अनुमानित आन्तरिक प्रतिफल दर बराबर रहेको छ । अघिल्लो वर्ष पनि प्रक्षेपणभन्दा बढी लाभांश वितरण गरेको यस योजनाले छोटो अवधिमै लगानीकर्तामाझ उत्कृष्ट अवसरको रूपमा विश्वसनीयता स्थापित गर्न सफल भएको छ ।

निकट भविष्यमा खुलामुखी योजना सञ्चालन गर्ने तयारीमा रहेको हिमालयन क्यापिटलले हिमालयन ८०–२० योजनामार्फत आगामी वर्षहरूमा पनि इकाईधनीलाई आकर्षक प्रतिफल प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Share News