नेप्सेले अप्पर स्याङ्‍गे हाइड्रोको सेयर कारोबार रोक्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले लामो समयदेखि वार्षिक साधारण सभा सम्बन्धी निर्णय नगरेको भन्दै कारोबार रोक्का गरेको हो ।

कम्पनीको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावसहित नवौँ वार्षिक साधारणसभा असोज ९ गते आयोजना गर्ने निर्णय गरेको थियो । तर सो निर्णय कम्पनीले नेप्सेमा भदौ १६ गते मात्र पठाएको थियो ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ ‘१’ क मा भएको व्यवस्था बमोजिम कम्पनीले वार्षिक साधारण सभा सम्बन्धी विवरण पेस नगरेकोले सेयर कारोबार रोक्का गरेको जनाएको छ । धितोपत्र सूचिकरण विनियमावली विनिमय १६ ‘१’ घ मा भएको व्यवस्था बमोजिम भदौ १६ गतेदेखि कम्पनीको कारोबार रोक्का गरिएको हो ।

साथै नेप्सेले ३ दिनभित्र के कारणबाट समयमा नै जानकारी दिन किन नसकेको हो भनी सञ्चालक समितिको वार्षिक साधारण सभा सम्बन्धी गरेका निर्णयहरूको छायाँ कपीसहित स्पष्टिकरण पेश गर्न नेप्सेले अनुरोध गरेको छ ।  

Share News