काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार १२.०३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सोमबार नेप्से १२.९१ अंकले बढेर २७ सय ६१ दशमलव ८६ विन्दुमा पुगेको छ ।
सोमबार ३२६ स्टकको ६८ हजार ७७५ पटकमा १ करोड १४ लाख ४० हजार ८४४ कित्ता खरिदबिक्री हुँदा ५ अर्ब १० करोड ५७ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।
सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रिइन्स्योरेन्सको २८ करोड ८ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, दोस्रो धेरै कारोबार गर्नेमा एभरेष्ट बैंक लिमिटेड रहेको छ । एभरेष्ट इन्स्योरेन्सले २४ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको २१ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ ।
सोमबार दुई उपसमूहबाहेक सबै परिसूचक बढेका छन् । अन्यकोृ ०.०३ र व्यापार ०.८५ प्रतिशतले घटेका छन् । बढेका उपसमूहरुमा सबैभन्दा धेरै बैंकिङको १.५० प्रतिशतले बढेकको छ ।
विकास बैंक ०.५२, फाइनान्स ०.१४, होटल तथा पर्यटन ०.४३, हाइड्रोपावर ०.०८, लगानी ०.१८, जीवन बीमा ०.००, उत्पादन तथा प्रशोधन ०.३६, माइक्रोफाइनान्स ०.२७, म्युचल फण्ड ०.१६, निर्जीवन बीमा ०.३० प्रतिशतले घटेका छन् ।