मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को १५ प्रतिशत लाभांश घोषणा गरेको हो । 

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

उक्त प्रस्तावित लाभांश आगामी चौथो वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।

Share News