हिमस्टार उर्जा कम्पनीको सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमस्टार उर्जा कम्पनी लिमिटेडको सेयर सूचीकृत भएको छ । बिहीबार कम्पनीकाे ३७ लाख ३० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको हो ।

यसमा सर्वसाधारणलाई बिक्री गरिएको ११ लाख १९ हजार कित्ता र संस्थापक सेयरधनीले लगानी गरेको २६ लाख ११ हजार कित्ता सेयर समावेश छन् ।

कम्पनीको सेयर आगामी भदौ ११ गते देखि नेप्सेमा कारोबार हुनेछ । पहिलो कारोबारका लागि नेप्सेले ९९ रुपैयाँ १७ पैसा देखि २९७ रुपैयाँ ५१ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको छ । यसै आधारमा आइतबारको स्पेशल प्रि–ओपन सेसनपछि नियमित बजारमा कारोबार सुरु हुनेछ ।

Share News