साढे २१ अर्बको कारोबार, ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.३२ अंकले बढेर २८७० बिन्दुमा पुगेको छ ।

आज १०५ कम्पनीको सेयर मूल्य बढ्दा १४४ कम्पनीको सेयर मूल्य घटेको छ ।

आइतबार कारोबार रकम भने बढेको छ । ३१६ कम्पनीको ५ करोड कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै, बुटवल पावर कम्पनीको ६४ करोड, हिमालयन रिइन्स्योरेन्सको ५६ करोड, न्यादी गुप्रको ५० करोड र सानिमा माइ हाइड्रोको ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ समूह १.३८, विकास बैंक ०.०८, वित्त २.२६, जलविद्युत् ०.४२, लगानी ०.१६, उत्पादन तथा प्रशोधन १.१२, लघुवित्त ०.०२ र व्यापार ०.५० प्रतिशतले घटेको छ । बाँकी सबै समूहको उपसूचक बढेको छ । 

होटल तथा पर्यटन समूह १.२४, जीवन बीमा १.४०, म्युचुअल फन्ड ०.२५, निर्जीवन बीमा १.३७ र अन्य समूह ३.३६ प्रतिशतले बढेको छ ।

आज ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । उन्नती सहकार्य लघुवित्त र सानभी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ट्रेड टावर र शिभा श्री हाइड्रोपावरको मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

Share News