खाद्य तथा गुण नियन्त्रण विभागको बजार अनुगमन सुरु, पेप्सीकोलाका चार डेरी र एक थकालीमा निरीक्षण

<p>काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्वलक्षित खाद्य बजार निरीक्षण अनुगमन सुरु गरेकाे छ । विभागले बिहीबार मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी बजार निरीक्षण अनुगमन सुरु गरेकाे हाे । विभागकाे टाेलीले निरीक्षणकाे क्रममा पेप्सीकोलास्थित ए बी टिपिकल थकालीलाई बेकरी सर्टेनिङकाे प्रयोग नगर्न निर्देशन दिएको छ । पेप्सीकोलामै रहेकाे सूर्यमुखी डेरी पसलमा प्रशोधित [&hellip;]</p>

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्वलक्षित खाद्य बजार निरीक्षण अनुगमन सुरु गरेकाे छ ।

विभागले बिहीबार मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी बजार निरीक्षण अनुगमन सुरु गरेकाे हाे ।

विभागकाे टाेलीले निरीक्षणकाे क्रममा पेप्सीकोलास्थित ए बी टिपिकल थकालीलाई बेकरी सर्टेनिङकाे प्रयोग नगर्न निर्देशन दिएको छ ।

पेप्सीकोलामै रहेकाे सूर्यमुखी डेरी पसलमा प्रशोधित दूधको नमूना चेकजाँच गर्दा कैफियत पाइएको विभागले जनाएकाे छ । विभागले विस्तृत परीक्षणको लागि नमूना संकलन गरी प्रयोगशालामा पठाएकाे छ ।

अन्य तीनवटा डेरीमा पनि विभागले अनुगमन गरे पनि कुनै पनि कैफियत नपाएकाे जनाइएकाे छ । पेप्सीकोलामै रहेका काभ्रे डेरी, गोलोक डेरी, अनुप डेरी र सूर्यमुखी डेरी पसलमा अनुगमन भएकाे हाे ।

Share News