काठमाडौं । सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ५ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ प्रतितोला एक लाख ५७ हजार ३ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
यस्तै तेजावी सुनको मूल्य पनि तोलाको ५ सय रुपैयाँले नै बढेर एक लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य तोलाको १५ रपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइहरेको छ ।