४ महिनापछि नबिल बैंकले गर्याे ब्याजदर परिवर्तन, आधार दर ७.४२ प्रतिशत

<p>काठमाडौं । नबिल बैंकले ४ महिनापछि ब्याजदर परिवर्तन गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले असारदेखि ब्याजदर स्थिर राखेको थियो । बैंकले असोजमा मुद्दति निक्षेपकर्तालाई व्यक्तिगततर्फ ६.७५ प्रतिशत, संस्थागततर्फ ५.७५ प्रतिशत र रेमिट्यान्स खातामा ७.७५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा व्यक्तिगततर्फ ७ प्रतिशत, संस्थागततर्फ [&hellip;]</p>

काठमाडौं । नबिल बैंकले ४ महिनापछि ब्याजदर परिवर्तन गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले असारदेखि ब्याजदर स्थिर राखेको थियो ।

बैंकले असोजमा मुद्दति निक्षेपकर्तालाई व्यक्तिगततर्फ ६.७५ प्रतिशत, संस्थागततर्फ ५.७५ प्रतिशत र रेमिट्यान्स खातामा ७.७५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा व्यक्तिगततर्फ ७ प्रतिशत, संस्थागततर्फ ६ प्रतिशत र रेमिट्यान्स खातामा ८ प्रतिशत ब्याजदर तोकेको थियो ।

साथै बैंकले भदौमा साधारण बचततर्फ सबै खातामा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यसअघि सबै बचत खातामा ३ प्रतिशत ब्याज प्रदान गरेको थियो ।

बैंकको आधारदर ७.४२ प्रतिशत छ भने स्प्रेडदर भने ३.९९ प्रतिशत रहेको छ । यसअघि भदौमा बैंकको आधार दर ७.६३ प्रतिशत थियो ।

Share News