प्रधानमन्त्रीद्वारा धनुषा र सिरहा जोड्न पुल शिलान्यास

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गरेका छन् । धनुषाको सबैला नगरपालिका–४ र सिरहाको कल्याणपुर नगरपालिका–५ जोड्ने पक्की पुलको आज शिलान्यास गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । उक्त सचिवालयका अनुसार १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण हुने पुलको लम्बाइ ६ सय मिटर लामो हुनेछ । [&hellip;]</p>


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गरेका छन् । धनुषाको सबैला नगरपालिका–४ र सिरहाको कल्याणपुर नगरपालिका–५ जोड्ने पक्की पुलको आज शिलान्यास गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उक्त सचिवालयका अनुसार १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण हुने पुलको लम्बाइ ६ सय मिटर लामो हुनेछ । ‘डबल लेन’को यो पुल निर्माणपछि दुवै जिल्लाका जनतालाई आवागमनका साथै यातायातका साधन सञ्चालन गर्न सहज हुनेछ ।

Share News