विदेश जान ऋण लिएका ८० प्रतिशतमध्ये ७० प्रतिशतले तिर्न सकेनन् : श्रम सचिव भण्डारी

<p>काठमाडौं । श्रम सचिव केवलप्रसाद भण्डारीले विदेश जानेमध्ये अधिकांश अर्थात ८० प्रतिशतले ऋण लिएको बताएका छन् । नबिल दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । ‘विदेश जाने अधिकांशले गाउँघरमा ऋण लिएका हुन्छन्, ८० प्रतिशतले ऋण लिएका छन्, यीमध्ये ७० प्रतिशतले अझै पनि ऋण तिर्न सकिरहेका छैनन् ।’ श्रम सचिव [&hellip;]</p>

काठमाडौं । श्रम सचिव केवलप्रसाद भण्डारीले विदेश जानेमध्ये अधिकांश अर्थात ८० प्रतिशतले ऋण लिएको बताएका छन् । नबिल दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।

‘विदेश जाने अधिकांशले गाउँघरमा ऋण लिएका हुन्छन्, ८० प्रतिशतले ऋण लिएका छन्, यीमध्ये ७० प्रतिशतले अझै पनि ऋण तिर्न सकिरहेका छैनन् ।’ श्रम सचिव भण्डारीले भने ।

विदेश गएर स्वदेश फर्केका कामदारलाई नबिल बैंकको दक्ष प्रवासी उद्धमशील कर्जा प्रडक्टले राम्रो योगदान पुर्याउने उनले बताए । पछिल्लो समय बढ्दो विदेशीले आप्रवासी कामदार फर्किने संख्या बढ्दो छ । देश नै खालि भएको भन्ने भास्य सृजना भएको बताउँदै उनले जनवायु परिवर्तन र गरिबीका कारण मान्छे माइग्रेन्ट भइरहेको बताए ।

नेपालमा विदेश जानेका लागि मात्रै सुविधा दिने गरिएको छ तर फर्किएर आएकाहरुलाई पनि सेवा सुविधा दिने व्यवस्था मिलाउनु पर्ने उनको भनाई छ । किनभने ठूलो संख्या स्वदेश फर्केर आउँदा उनीहरुलाई यहाँ काम नलाग्न सक्ने उनले बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै श्रममन्त्री शरदसिंह भण्डारीले अहिले विदेशीएका सबै बाध्यताले बाहिरीएका बताए ।

‘बिदेश जानेको संख्या बढेको भनेर चर्चा पाएपनि स्वदेश फिर्ता भएकाहरुको संख्या बढ्दो रहेको छ । यताबाट विदेश जाँदा भरिभराउ हुने जहाज फर्किदा पनि भरिभराउ भएर आउछन् ।’ उनले भने ।

त्यस्तै, उनले श्रमिकलाई सीप सकाउन खोज्दा श्रम शोषण गरेको आरोप लाग्ने बताउँदै विदेश पलायन रोक्न आन्तरिक रोजगार बढाउन गृहकार्य गरिरहेको जानकारी गराए । त्यसको लागि विदेशबाट फर्किएकाहरुको तथ्यांक संकलन गर्ने काम भइरहेको उनले बताए ।

उनका अनुसार जबसम्म मानिसको हातमा सिप हुँदैन तबसम्म उसले रोजगारी पाउँदैन ।

Share News