
काठमाडौं । सुर्तीजन्य पदार्थ बिक्री रोक्ने काठमाडौं महागरको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । श्रीराम टोवागो उद्योगले दायर गरेको मुद्दामा अन्तिम टुंगो नलागेसम्म काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न भन्दै उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको हो ।
उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले सो आदेश दिएको हो । उच्च अदालत पाटनको अन्तरिम आदेशसँगै काठमाडौं महानगरले सुर्तिजन्य पदार्थको बेचबिखनमा लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नहुने भएको छ ।