अब सरकारलाई काम नगर्ने छुट छैन : गगन थापा

<p>काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन् । बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन् । प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने उनी बताउँछन् । &#8216;प्रधानमन्त्रीलाई आफूसँग पर्याप्त [&hellip;]</p>

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन् ।

बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन् ।

प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने उनी बताउँछन् ।

‘प्रधानमन्त्रीलाई आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट छैन, मैले अहिलेसम्म जनतामा यस्तो किसिमको नैराश्यता देखेको थिइन, अब सरकारलाई काम नगर्ने छुट छैन,’ उनले भने ।

 

Share News