थप अन्य देशसँग श्रम स्वीकृतिका लागि पहल गर्छु : प्रधानमन्त्री

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप अन्य देशसँग श्रम स्वीकृतिका लागि पहल गर्ने बताएका छन् । सामाजिक सुरक्षा कोषले बुधबार वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने सुरु गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले वैदेशिक रोजगारीका लागि जाने युवालाई सहज वातावरण हुनुपर्ने बताउँदै उनले हाल श्रम स्वीकृत पाएका देशमा समय सापेक्ष सेवा सुविधाका लागि पहल गर्ने बताएका [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप अन्य देशसँग श्रम स्वीकृतिका लागि पहल गर्ने बताएका छन् । सामाजिक सुरक्षा कोषले बुधबार वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने सुरु गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले वैदेशिक रोजगारीका लागि जाने युवालाई सहज वातावरण हुनुपर्ने बताउँदै उनले हाल श्रम स्वीकृत पाएका देशमा समय सापेक्ष सेवा सुविधाका लागि पहल गर्ने बताएका छन् ।

प्रधानमन्त्री दाहालले विदेशमा रहेका नेपालीको स्वास्थ्यलाई ध्यानमा राखि  केही दिनभित्र टेलिमेडिसिन सेवा सुरु गर्ने जानकारी दिए ।

यस्तै, उनले कोषमा आवद्ध हुने श्रमिकलाई जीबनको उत्तरार्धमा पेन्सब पाउनेले ठूलो मद्दत पुग्ने बताएका छन् । कोषको रकमलाई भौतिक पुर्वाधार, राज्यका योजनामा लगानी गर्नुपर्ने उनको भनाइ छ ।

Share News