सासु कोषमा आवद्ध भएपछि गैर आवासीय नेपालीलाई सहज हुनेछ : चन्द्र ढकाल

<p>काठमाडौं । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछि गैर आवासीय नेपालीलाई सहज हुने बताएका छन् । सामाजिक सुरक्षा कोषले बुधबार वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने सुरु गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । विदेशमा काम गर्दा कुनै सुरक्षाको व्यवस्था नहुँदा वैदेशिक रोजगारीमा रहेका व्यक्ति र परिवारले भोग्नु परेको [&hellip;]</p>

काठमाडौं । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछि गैर आवासीय नेपालीलाई सहज हुने बताएका छन् ।

सामाजिक सुरक्षा कोषले बुधबार वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने सुरु गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

विदेशमा काम गर्दा कुनै सुरक्षाको व्यवस्था नहुँदा वैदेशिक रोजगारीमा रहेका व्यक्ति र परिवारले भोग्नु परेको पिडालाई सामाजिक सुरक्षा कोषले मलम लगाउने उनले बताए ।

पछिल्लो तथ्यांक अनुसार प्रति महिना १ खर्ब रेमिट्यान्स भित्रिएको छ, रेमिट्यान्स पठाएपछि रमाउने तर उनीहरुको पिडालाई बिर्सिने गरेका छन, सामाजिक सुरक्षा कोसले अब वैदेशिक रोजगारीमा रहेका व्यक्तिको परिवारलाई पनि राहत र पेन्सन दिने भएपछि सहज हुनेछ,’ उनले भने ।

 

 

Share News