सरकारले पनि बैंकमा पैसा राखेर ब्याज खाएपछि अर्थतन्त्र समस्या आयो : व्यवसायी

<p>काठमाडौं । सरकारले समेत बैंकमा पैसा राखेर ब्याज खाएपछि अर्थतन्त्रमा समस्या आएको व्यवसायीहरुले बताएका छन् । मंगलबार उद्योग वाणिज्य महासंघ र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूबीच भएको छलफलमा महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले यस्तो बताएका हुन् । &#8216;पैसा बैंकमा जम्मा गरेर ब्याज खाने प्रवृति सरकारी निकायमा समेत रहेकाले अर्थतन्त्र समस्या पर्दै गएको हो,&#8217; उनले भने । यस्तै, महासंघका अध्यक्ष [&hellip;]</p>

काठमाडौं । सरकारले समेत बैंकमा पैसा राखेर ब्याज खाएपछि अर्थतन्त्रमा समस्या आएको व्यवसायीहरुले बताएका छन् । मंगलबार उद्योग वाणिज्य महासंघ र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूबीच भएको छलफलमा महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले यस्तो बताएका हुन् ।

‘पैसा बैंकमा जम्मा गरेर ब्याज खाने प्रवृति सरकारी निकायमा समेत रहेकाले अर्थतन्त्र समस्या पर्दै गएको हो,’ उनले भने ।

यस्तै, महासंघका अध्यक्ष शेखर गोल्छाले दल तथा सरकार वितरणमुखी भैदिंदा अर्थतन्त्रमा समस्या आएको बताए । ‘अहिलेको संकट समाधान गर्ने हो भने वितरणमुखी कार्यलाई रोकेर विकास खर्च बढाउनै पर्छ र यसका लागि कठोर निर्णय लिनैपर्छ, त्यसमा दलहरूको सहयोग अपरीहार्य छ,’ अध्यक्ष गोल्छाले भने ।

उनले विकास खर्च नबढेसम्म देश अगाडी नबढ्ने पनि बताए । मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी आकर्षण हुन नसक्नुमा पुराना ऐन कानून बाधक रहेको बताउँदै उनले यसबारे महासंघले सरकारलाई पेश गरेको सुझाव हेरेर सहयोग गर्नु आग्रह गरे ।

छलफलमा महासंघका अध्यक्ष गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालसहित पदाधिकारीहरू र रास्वपका दलका संसदीय दलका नेता डोल प्रसाद अर्यालको नेतृत्वमा आएको सांसद प्रतिनिधिमण्डलका सदस्यहरू थिए ।

 

Share News