काठमाडौं । प्रोग्रेशिभ फाईनान्सको शाखा कार्यालय पोखराले कान्तिपुर टुरिजम एण्ड होटल मेनेजमेष्ट कलेजमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
फाइनान्सले पोखरामा रहेको उक्त कलेजका कक्षा ११ र १२ को विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
नेपाल राष्ट्र बैंकका निर्देशक तथा गण्डकी प्रदेश प्रमुख आर्या जोशीको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रमको अध्यक्षता फाईनान्सको पोखरा शाखा प्रबन्धक टंक प्रसाद ढकालले गरेका थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक आर्या जोशीले फाइनान्सियल लिटशी एण्ड ग्लोबल मनी विक २०२३ तथा यसको उद्देश्यका बारेमा र शाखा प्रमुख टंक ढकालले वित्तीय साक्षरता तथा फाईनान्सका विभिन्न सेवाहरुका सम्बन्धमा जानकारी दिएका थिए ।
कार्यक्रममा ५५ जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।