नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा कर्जा दिने

<p>काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले बिक्री गर्दै आएको गाडीमा नबिल बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियर बीच भएको सम्झौता अनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकहरुले नबिल बैंकबाट सहजै कर्जा लिन सक्नेछन् । दुई संस्था बीच भएको सम्झौता पत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठ र पायोनियर मोटो कर्पको [&hellip;]</p>

काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले बिक्री गर्दै आएको गाडीमा नबिल बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियर बीच भएको सम्झौता अनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकहरुले नबिल बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।

दुई संस्था बीच भएको सम्झौता पत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठ र पायोनियर मोटो कर्पको तर्फबाट सह(महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका छन् ।

यो सहयोगले निसानबाट गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई सुलभ र सहज वित्तीय सेवाहरू प्रदान गर्न लक्ष्य राखेको छ । समझौताको अनुसार, योजना सबै नबिल बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलो उपलब्ध हुनेछ।

इभीको लागि कर्ज बेस रेट प्लस ३.५० प्रतिशतदेखि ५ प्रतिशत हुनेर कर्जा अवधि ७ वर्षको हुने बैंकले जनाएको छ । नबिल बैंकको देशभर रहेका २४८ शाखाबाट नै कर्जा सुविधा ग्राहकले लिन सक्नेछ बताइएको  छ ।

बैंकको अनुसार यो योजना पायोनियर मोटोकोर्पको आधिकारिक विक्रेता र नबिल बैंकका सबै शाखाहरुबाट नेपालभरी लागु हुनेछ ।

Share News