काठमाडौं भ्युटावारमा पार्किङ खुल्ला हुने

<p>काठमाडौं । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्युटावारमा ४ पाँग्रे र दुई पाँग्रे सवारी साधनको लागि पार्किङ खुल्ला हुने भएको छ । भ्युटावार सञ्चालक समितिले चैत्र २६ गतेबाट पार्किङ खुल्ला हुने जनाएको हो । भ्युटावारको गेटमा ४ पाँग्रे र दुई पाँग्रे सवारी साधन यही २६ गतेबाट पार्किङ गर्न मिल्ने सूचना समेत टाँसिएको छ । काठमाडौं महानगरपालिका र [&hellip;]</p>

काठमाडौं । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्युटावारमा ४ पाँग्रे र दुई पाँग्रे सवारी साधनको लागि पार्किङ खुल्ला हुने भएको छ । भ्युटावार सञ्चालक समितिले चैत्र २६ गतेबाट पार्किङ खुल्ला हुने जनाएको हो ।

भ्युटावारको गेटमा ४ पाँग्रे र दुई पाँग्रे सवारी साधन यही २६ गतेबाट पार्किङ गर्न मिल्ने सूचना समेत टाँसिएको छ । काठमाडौं महानगरपालिका र जलेश्वर स्वाछन्द विकोई विल्डर्स बिच सम्झौता भएपछि पार्किङ खुल्ला गरिन लागेको सूचनामा उल्लेख गरिएको छ । भ्यु टावरमा पार्किङ शुरु भएपछि रत्नपार्क र सुन्धारा क्षेत्रमा भइरहेको पार्किङको समस्या हट्ने अनुमान गरिएको छ ।

Share News