तीन क्याप्टेन र चार इञ्जिनियर निलम्बनमा

<p>काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले विभिन्न वायुसेवा कम्पनीका ७ जनालाई निलम्बन गरेको छ । प्राधिकरणले उडानका क्रममा हवाई नियम उल्लघंन गरेको भन्दै तीन जना पाइलट र चार जना इञ्जिनियरलाई कारवाही स्वरुप निलम्बन गरेको हो । निगमले समिट एयरका एक क्याप्टेन, एक को-पाइलट र प्रभु हेलिकप्टरका एक पाइलटलाई निलम्बन गरेको छ । पोखरा जोमसोम उडानका [&hellip;]</p>

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले विभिन्न वायुसेवा कम्पनीका ७ जनालाई निलम्बन गरेको छ । प्राधिकरणले उडानका क्रममा हवाई नियम उल्लघंन गरेको भन्दै तीन जना पाइलट र चार जना इञ्जिनियरलाई कारवाही स्वरुप निलम्बन गरेको हो ।

निगमले समिट एयरका एक क्याप्टेन, एक को-पाइलट र प्रभु हेलिकप्टरका एक पाइलटलाई निलम्बन गरेको छ । पोखरा जोमसोम उडानका क्रममा बादलभित्र जहाज छिराएको भन्दै प्राधिकरणले समिट एयरलाइन्सका क्यापटेन र को-पाइलटलाई ग्राउण्डेड गरेको छ ।

यस्तै, गत शनिबार काठमाडौं–सुर्खेत उडानका क्रममा बुद्ध एयरको जहाजको इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौं नै फिर्ता गरिएको थियो । उडानका क्रममा जहाजको इन्डिकेटरमा समस्या देखिएपछि क्यानले जहाज उड्नु अगाडी चेकजाँच गरेका दुई इन्जिनियरलाई निलम्बन गरेको हो ।

यस्तैगरी, प्राधिकरणले नेपाल एयरलाइन्सका दुई जना इञ्जिनियरलाई समेत निलम्बन गरेको छ । क्यानले निगमको वाइडबडी जहाजको ककपिटको झ्याल खुला राखेको भन्दै २ उनीहरुलाई कारबाही गरेको हो ।

क्यानले अर्को व्यवस्था नहुँदासम्मका लागि भन्दै उनीहरुलाई सोमबार कारवाही स्वरुप निलम्बन गरेको हो ।

प्रभुको जहाज उड्यो, पाइलट ग्राउण्डेड

अनुमतिबिना स्याङ्जाको खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने क्याप्टेन अझै निलम्बनमा रहेका छन् । गत माघ ५ गते प्रभु हेलिकप्टरले अनुमति बिना खेल मैदानमा जहाज अवतरण गरेपछि क्यानले क्यापटेन रमेश डंगोललाई निलम्बन गरेको थियो ।

माघ ५ गते डंगोललाई निलम्बन गरेको क्यानले माघ १० गतेदेखि प्रभुका सम्पूर्ण जहाज ग्राउण्डेड गरेको थियो । केही समयपछि जहाजलाई उडान सुरु गर्न अनुमति दिएको क्यानले १ महिनासम्म पनि क्याप्टेन डंगोलको निलम्बन भने फुकुवा गरेको छैन ।

क्यानका प्रवक्ता निरौला उक्त घटनापछि क्याप्टेन अस्वस्थ हुँदा निलम्बन कायम नै रहेको बताउँछन् । बिनाअनुमति होलिकप्टर अवतरण गरेपछि स्थानीयले कुटपिट गर्दा उनी घाइते भएका थिए । उनको आँखामा लागेको चोट निको नहुँदा नियमित उडानमा फर्कन नसकेको प्राधिकरणले जनाएको छ ।

‘उहाँ अझै अस्वस्थ रहेको हामीलाई खबर आएको छ, स्वस्थ भएको रिपोर्ट लिएर आएपछि हामीले नियमित उडान सुरु गर्न अनुमति दिन्छौं,’ प्रवक्ता निरौलाले भने ।

Share News