प्लेनको झ्याल खुला राख्ने दुई इञ्जिनियर निलम्बित

<p>काठमाडौं । नेपाल वायुसेवा निगमका दुई इञ्जिनियर निलम्बनमा परेका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले निगमको वाइडबडी जहाजको ककपिटको झ्याल खुला राखेको भन्दै २ प्राविधिकलाई कारबाही गरेको हो । क्यानले अर्काे व्यवस्था नहुँदासम्मका लागि भन्दै उनीहरुलाई सोमबार कारवाही स्वरुप निलम्बन गरेको हो । ‘केही दिन अगाडि वाइडबडी जहाजको ककपिट मेन्टेनेन्स पछि रातभर झ्याल [&hellip;]</p>

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई इञ्जिनियर निलम्बनमा परेका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले निगमको वाइडबडी जहाजको ककपिटको झ्याल खुला राखेको भन्दै २ प्राविधिकलाई कारबाही गरेको हो ।

क्यानले अर्काे व्यवस्था नहुँदासम्मका लागि भन्दै उनीहरुलाई सोमबार कारवाही स्वरुप निलम्बन गरेको हो ।

‘केही दिन अगाडि वाइडबडी जहाजको ककपिट मेन्टेनेन्स पछि रातभर झ्याल खुला राखेको गुनासो हामीकहाँ आयो, गुनासोका आधारमा सोमबारको निर्णयअनुसार निलम्बन गरिएको हो’, क्यानका प्रवक्ता जगन्नाथ निरौलाले भने ।

Share News